Welcome!

सहकारी ऐन २०७४ र प्रदेश नं. ५ प्रदेश सहकारी ऐन २०७६को व्यवस्था अनुशार सहकारी संस्थाहरुको संयुक्त लगानीमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाहरु मिलेर ठूला ठूला परियोजनामा लगानी गर्न सकिने व्यवस्था अनुशार यस प्रदेश र देशकै विभिन्न प्रदेश तथा पालिकाहरुमा आ–आफ्ना कानुन प्रयोग गरी मुल कानुनसँग नवाझिने गरि बिशिष्टिकृत सहकारी संघ लि.हरु स्थापना हुन सक्दछन् । यस प्रदेशमा पनि पहिलो विशिष्टिकृत सहकारी संघका रुपमा मिति २०७७ जेष्ठ ५ गते प्रदेश नं ५ कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयवाट लुम्बिनी बिशिष्टिकृत सहकारी संघ लि.प्रदेश नं ५, तिलोत्तमा, रुपन्देहीको दर्ता भएको छ । जसको स्थापनामा विभिन्न प्रकृतिका ५१ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन् भने स्थापना पछि पनि संघमा सहकारीहरुको सदस्यता खुला नै रहने भएका कारण सदस्यता विस्तारको क्रम जारी नै रहेको छ । हाल यस प्रदेशका १० वटा जिल्लाहरु
Read More..


उधेश्य

संघका देहायबमोजिमका उद्देश्य हुनेछ:

  • विभिन्न सहकारी संस्थाहरूलाई संघमा आबद्ध गरि पूूँजीको संकलन गर्ने,
  • संकलितपूँजीलाई एकत्रित गरी वृहतपूँजीनिर्माण मार्फत्दूध र दुुग्धजन्यपदा
    Read More..


आगामी कार्यहरु

  • ई.ई.ई., डि.पि.आर. तथा अन्य आवस्यक प्रकृयागत कार्यहरु सम्पन्न गर्ने,
  • “लुम्विनी दुग्ध सहकारी उद्योग”का नामवाट उद्योग विभागको दर्ता प्रकृया सम्पन्न गर्ने,
  • परियोज
    Read More..


परिकल्पना (Vision)

समृद्ध कृषक र उपभोक्ता स्वास्थ्यकालागि सहकारीको गुणस्तरीय दुुग्धजन्यउत्पादन ।


Read More..

Message From Acting Chair Person

लुम्बिनी बिशिष्टिकृत सहकारी संघ लि.प्रदेश सरकार,कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालय,लुम्विनी प्रदेशमा यसै प्रदेशका वाह्रैवटा जिल्लाहरु कार्यक्षेत्रका रुपमा रहने गरि वि.सं.२०७७ आषाढमा दर्ता भएको एक व्यवसायिक सहकारी संस्था हो। बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुवाट संकलित पूँजीलाई एकत्रित गर्दै बृहत पूँजी निर्माण मार्फत सदस्य संस्थाका सदस्यहरुवाट उत्पादित दूधलाई संकलन गरि वजारको आवस्यकता र माग वमोजिम दूध र दुग्धजन्य पदार्थको नेपालकै निम्ति नयाँ र उच्च स्तरिय UHT प्रशोधन विधि मार्फत उत्पादन गरि स्वदेशका ग्रामिण देखि शहरी क्षेत्र सम्म र विदेशमा समेत वजारिकरण गर्ने प्रमुख ब्यवसायिक योजनाका साथ यो परियोजना अगाडी वढिरहेकोछ । यस परियोजनाको उद्देश्य उच्च र वृहत भएका कारण राज्यका तिनवटै सरकारहरुको साथ र हात निरन्तर आवस्यक छ भने प्रदेश सहित सिंगो मुलुककै सहकारी अभियानको सक्रिय साथ सहयोग विना यस कार्यको पूर्णताको कल्पना गर्न पनि न सकिने अवस्था देखिन्छ । अन्य सम्पूर्ण स्वदेशि तथा विदेशी संघसंस्था, विषय विज्ञ एवं संचार जगतको समेत साथ सहयोग निरन्तर अपेक्षित नै रहेकोछ। विशेष गरि यसमा वित्तिय लगानी गर्ने लगानीकर्ता यस प्रदेश भित्र रहेका सम्पूर्ण प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरुको झन महत्वपूर्ण र अहं भुमिका रहन्छ । किनकी प्रारम्भिक सहकारी संस्थाहरुको लगानी विना यो परियोजना नै निर्माण गर्न सम्भव छैन। यसरी सवैको साथ सहयोगवाट नै लुम्विनी प्रदेशको सहकारी अभियानका तर्फवाट एक महत्वपुर्ण परियोजना स्थापना गरि मुलुकका निम्ति नमुना योग्य वनाउने हाम्रो परिकल्पना अवस्य पनि समयमा नै पुरा हुनेमा हामी पूर्ण विस्वस्त रहेका छौ। यस परियोजनावाट पशुपालक किसानको उत्पादनको वजारको सुनिश्चितता रहनुका साथै नयाँ नयाँ रोजगारीका अवसरहरुको सृजना गरी कृषकको आय आर्जनमा वृद्धि मार्फत मुलुक कै गरिबी निवारणमा समेत सहयोग पुर्याउने लक्ष्य लिईएकोछ । गुणस्तरिय वस्तुको आयातका निम्ति ठूलो मात्रामा मुद्रा विदेशिने परिस्थितिलाई न्युनिकरण गर्नुका साथै वाह्य वजारमा वस्तुहरु विक्रि गरेर विदेशि मुद्रा आर्जन गर्न सकिने सम्भावना समेत वोकेको यस परियोजनाले स्वदेशी उपभोक्ताका अलावा विदेशी पर्यटकहरुका लागि आवस्यक गुणस्तरिय दुग्धजन्य वस्तुको आपुर्ति समेत गर्नेछ । साथै निजि कामका निम्ति सदा सक्रिय रहने तर सामुहिक काममा कम चासो दिने हाम्रो सामाजिक प्रवृत्तिको अन्त्य गर्दै सामुहिकताले नै वृहत भलाई गर्दछ जसवाट समाजका सवै लाभान्वित भै सिंगो समाजको विकाश हुन्छ भन्ने सहकारी भावना र सिद्धान्तलाई व्यवहारमा उतार्न सम्भव छ भन्ने एक नमुना देखाउनु पनि यसको आर्को महत्वपूर्ण कार्य रहेको समेत यहाँ जाहेर गर्न चाहान्छु ।


Read More..